काठमाडौं, १० साउन ।
भावि संबिधानमा शासकिय स्वरुप र संविधानको प्रारम्भीक मस्यौदामा प्राप्त भएका जनताका सुझावका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज बस्दै छ ।
एमालेभित्र जनमतलाई आधार मानी शासकिय स्वरुप १६ बुदे अनुरुप नहुने र साउन महिना भित्रै स्ंविधान जारी हुने गरि दलिय सहकार्यमा अघि बढ्ने भन्ने दुई विषयमा फरक मत रहदै आएको छ । संविधान निर्माणलाई प्रतिकुल असार नपर्ने गरि अघि बढ्नुपर्ने विषयमा पनि आज छलफल हुने एक नेताले बताए ।
यसअघि पार्टी मुख्यालय बल्खुमा हिजो बसेको पोलिटब्युरो बैठकमा सदस्यहरुले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न नेतृत्वलाई सुझाब दिएका छन । बैठक विहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline