सुझाव एकीकृत गर्ने काम आज सकिदै

सुझाव एकीकृत गर्ने काम आज सकिदै

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, साउन १० ।  

संविधानको प्रारम्भिक मस्यौदामाथि नागरीकहरुले दिएका सुझाबलाई आज साझ सम्ममा एकीकृत गर्ने काम सकिने नागरीक सम्बन्ध तथा सुझाब समितीले जनाएको छ । देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेका सभासद्ले प्रतिवेदन बुझाइसकेकाले साझ सम्ममा सुझाब एकिकृत गर्ने कार्य सकिने सभापति प्रमिला राणाले जानकारी दिनुभयो ।

सभापति राणाका अनुसार आज समिति मातहतका  उपसमितिको बैठक बसेर प्रतिवेदनलाई एकीकृत बनाइने र भोली संविधानसभामा पेश गरिने छ । समितिले यही साउन ६ गतेसम्म सबै जिल्लाको सुझाव बुझाउने कार्यतालिका बनाएको भएपनि जिल्लाबाट सुझाव प्रतिवेदन आउन ढिला भएको र आएका प्रतिवेदनलाई छुट्याउन समय लागेको हो ।

प्रतिवेदनलाई एकीकृत बनाएर संविधानसभामा पेश गर्ने र संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने कार्यसूची यस अघि नै तय भैसकेको छ ।संवाद समितिले आफ्नो जिम्मेवारी पूरा गरेपछि संविधानसभामा पठाउने र संविधानसभाले सहमति भएका विषयलाई मस्यौदा गर्न मस्यौदा समितिमा पठाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी