बिप्लब माओबादीले आज देशभर कोण सभा गर्दै

बिप्लब माओबादीले आज देशभर कोण सभा गर्दै

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १० साउन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीले आज थप संघर्षका कार्यक्रम अन्तगर्त देशब्यापि कोण सभा गर्दैछ ।

शुक्रबार भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको १६ बुदे सहमती खारेजी र भूकम्पपीडितको राहतको भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गरेको बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै माओबादीले आज कोण सभा गर्दै छ ।

शान्ति पुर्ण बन्दमा जुटेका आफना कार्यकर्तालाई बिना कारण प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेका भन्दै थप संघर्षका कार्यक्रम सार्बजनिक गरेको पार्टी प्रबक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले बताउनु भयो ।

संघर्षका कार्यक्रम अन्तगर्त भोली माओबादीले मशालजुलुस निकाल्ने र पर्सी १२ गते एक घन्टा चक्काजाम गर्ने कार्यक्रम छ । त्यसपछि पनि आफना कार्यकर्ता रिहा नभए अर्को नेपाल बन्द सम्मको संघर्षका कार्यक्रम घोषणा गरिने प्रबक्ता प्रकाण्डले चेतावनी दिनुभयो ।

शुक्रबार नेपाल बन्दका क्रममा पार्टी पोलिट्व्यूरो सदस्य तिलक परियार, ९ जना केन्द्रीय सदस्यसहित देशका विभिन्न ठाउँबाट प्रहरीले ३०० भन्दा बढी माओवादी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको माओबादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी