काठमाडौं, ९ साउन ।
नेकपा एमालेभित्र प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्रीको पक्षमा दह्रिलो अडान राख्न नेतृत्वमाथि दबाव परेको छ । आज बसेको पोलिटव्यूरो बैठकमा अधिकांश सदस्यहरुले प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्रीको पक्षमा बलियो ढंगले उभिन नेतृत्वलाई आग्रह गरेका छन ।
एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाका अनुसार जनताले संविधानको प्रारम्भीक मस्यौदामाथि राय दिने क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा ठूलो जनमत देखिएकाले नेतृत्वले जनमतको बलमा एकपटक पुन: प्रयास गर्नुपर्ने सुझाव आएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेकै पहलमा संविधानको प्रारम्भीक मस्यौदा आएको र साउन मसान्तभित्र संविधान जारी हुने वातावरण बनेको ६ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सदस्यहरुले धर्म निरपेक्षताको सही ब्याख्या नहुादा अन्यौलता सिर्जना भएको भन्दै यसमा प्रष्ट हुनुपर्ने सुझाव दिएको सचिव योगेश भट्टराईले बताउनु भयो ।
त्यस्तै निर्वाचन प्रणालीमा थ्रेसहोल्ड नराख्ने हो भने समानुपातिकका कारण ठूलो विकृति हुने भन्दै सदस्यहरुले कम्तिमा ३ देखि ५ प्रतिशत थ्रेस होल्ड संविधानमै राख्नुपर्ने धारणा व्यक्त गरेका छन् । बैठकले भोलीदेखि शुरु हुने केन्ऽीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।