काठमाडौ ९ साउन ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र र बाहिर रहेका असन्तुष्ट पक्षलाई पनि समेटेर संविधान जारी गर्ने बताउनु भएको छ ।
नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै रिपोर्टर्स क्लब नेपालले आज बिहान बालुवाटारमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले संविधानसभा भित्रका असन्तुष्ट मधेसी मोर्चा र बाहिर रहेका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको मागलाई समेत समेटेर सीमांकन सहितको संविधान जारी गर्न आफू लागि परेको बताउनु भएको हो ।
अव बन्ने संविधानमा सबैको हक अधिकारलाई समेटीने बताउनु हुदै उहाले बाहिर फैलाईएको हल्लाको पछि नलाग्न आग्रह समेत गर्नुभयो ।
संविधानको मस्यौदामा जनताले दिएको राय सुझावलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिदै प्रधानमन्त्री कोइरालाले जनताको अमुल्य सुझाव कार्यन्वयन गर्ने विषयमा दलहरुबीच छलफल सुरु भएको धारण राख्नुभयो ।