काठमाडौ ९ साउन
आगामी साउन २५ गते सम्ममा नयाा संविधान जारी गर्ने सहमति जुटाएको प्रमुख चार दलले आजसभामुख सुवास चन्द्र नेमवाङसाग परामर्श गर्दैछ ।
नयाा कार्यतालिका बनाएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने विषयमा प्रमुख चार दलका शिर्ष नेताहरुले आज बिहान सभामुख नेम्वाङसाग परामर्श गर्न लागेका हुन् ।
संविधान मस्यौदामा नागरिकको तर्फबाट प्राप्त राय सुझावलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि दलहरुले आजैबाट छलफल सुरु गर्ने नेताहरुले बताएका छन् । त्यसका लागि आज अपरान्न प्रमुख चार दलको बैठक बस्दैछ ।
यसअघि हिजो सााझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले साउन २५ गतेभित्र संविधानसभाबाट नयाा संविधान जारी गर्ने गरी कार्यतालिका बनाएर अघि बढ्ने सहमति गरेका थिए ।
बैठकमा जनताबाट प्राप्त राय सुझाव संकलनमा देखाएको उपस्थिति सकारात्मक र उत्साहजनक भएको ठहर गर्दै जनताले दिएको सकारात्मक सुझाव संविधानमा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।