काठमाडौं, ८ साउन ।
विप्लब नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण दिनभर प्रभाबित भएको उपत्यका सहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । माओवादीले आह्वान गरेको नेपाल बन्द बेलुका ५ बजे खुलेको छ ।
नेपाली भूमि लिपुलेकलाई व्यापारीक नाका बनाउने भारत र चीन बीचको सहमति खारेज हुनुपर्ने, १६ बुदे सहमति खारेज गर्नुपर्ने, भूकम्प पीडितको राहतमा अनियमितता गर्नेमाथी कडा कारबाहीको माग राख्दै आह्वान गरेको बन्दका कारण दिनभरको जनजीवन प्रभावीत भएको थियो । दिनभरी ठप्प रहेको सवारी साधन पनि अहिले सुचारु भएका छन् ।
यसैबीच , नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्कर्माले राज्यले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको निन्दा एवं भत्र्सना गर्नुभएको छ ।
आज बिज्ञप्ती जारी गर्दै प्रकाण्डले पक्राउ गरिएका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न पनि माग गर्नुभएको छ । प्रकाण्डले आजको शान्तिपूर्ण बन्दका क्रममा प्रहरीले पार्टीका तीन सय भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको उल्लेख गर्नुभएको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य तिलक परियार, केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, माइला लामा, डि.डि. पाण्डे, पारसमणी, गगन थापा, उत्तम विष्ट, वसन्त घर्ती मगर र तेजप्रसाद अधिकारीसहित देशभर तीन सय भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार भएको बताइएको छ ।
बिज्ञप्तीमा गोंगबु र चुच्चेपाटीमा जनताले निकालेको शान्तिपूर्ण जुलुशमाथि प्रहरीले दमन गरेको भन्दै बिरोध जनाईएको छ ।
“भारत र चीन सरकारद्वारा नेपाली भूमी लिपुलेकमाथि गरिएको अतिक्रमण, भ्रष्टचार , १६ बुदे सहमती तथा भुकम्पपीडितको राहतमाथि भएको अनियमिताको बिरोधमा गरीएको शान्तिपूर्ण बन्दमा प्रहरी दमनको बिरोध गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
प्रवक्ता प्रकाण्डले रिहा गरिएका कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे अर्को चरणको कडा संघर्षमा उत्रने चेतावनी पनि दिनुभएको छ ।
यस्तै आजको बन्द सफल भएको भन्दै बन्दमा ऐकेबद्धता जनाएका अन्य संघसंगठनलाई पनि धन्यबाद दिईएको छ । आजको बन्दमा ग्रेटर नेपाल अभियान, देशभक्त नागरिक मोर्चा, मधेशी क्रान्तिकारी मोर्चामा आवद्ध १५ घटक र ३३ दलीय मोर्चाले ऐक्यबद्धता जनाएका थिए ।
यता , बन्दका क्रममा उपत्यकामा मात्रै १ सय ३ जना माओवादी नेता कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट १ सय र ललितपुरबाट ३ जनालाई पक्राउ गरीएको एसएसपि नारायण सिंह खड्काले जानकारी दिनुभयो ।
यसअघि बन्दका कारण दिनभर सवारी साधनहरु सन्चालनमा आउन सकेनन् भने बिभिन्न शैक्षिक संस्था, उद्योग धन्दा ,कलकारखाना सबै ठप्प रहे ।
बन्द कर्ताहरु शन्तिपूर्ण रुपमा सडकमा उत्रिएपनि बिहानैदेखि हालसम्म कार्यकर्ताहरु संयौको संख्यामा पक्राउ परे । तिलक परियार, वन्धु चन्द सहित ५ जनालाई नया वानेश्वरबाट, शरद रसाईली सहितकालाई कोटेश्वरबाट पक्राउ गरिएको माओवादीले जनाएको छ ।
त्यस्तै नेकपा माओवादीका केन्द्रिय सदस्य तथा ललिततपुर जिल्ला ईन्चार्ज पुरुषोत्तम बिष्ट र बलराम सेञ्चुरी लगनखेलबाट पक्राउ परेका छन ।
यस्तै राजधानीको गोङ्गबु क्षेत्रबाट माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल ,युवा उपत्यका संयोजक रक्तिम, विजय दर्नाल, वालकृष्ण महर्जन, रवी गोले, मेलम योन्जन लगायतका करिब एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।
यसै गरी चावहिलबाट बन्द गराउदै हिडेका माधव गौतम , सुरेन्द्र महर्जन सहित १५ जना , त्यस्तै कलंकीबाट ४ जना यस्तै समाखुसीबाट सुदर्शन मंगोल सहित ८ जना कार्यकर्ता पक्राउ परेका माओवादीले जनाएको छ ।
यता प्रहरीले दिएको जानकारी अनुसार हालसम्म काठमाडौबाट ८१ जना र ललितपूरबाट ३ जना पक्राउ परेका र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको एसएसपी नारायण सिंह खड्काले रेडियो मिरमिरेलाई जानकारी दिनुभएको छ ।
यसैविच प्रदर्शनकारीले ललितपूरस्थित मेघा कलेजको स्टाफ तथा रेसप्सन कक्षमा तोडफोड गरेका छन । बन्दको अवज्ञा गरी कलेज सञ्चालन गरेको भन्दै माओवादी कार्यकर्ताहरुले कलेजमा तोडफोड गरेका हुन ।
त्यस्तै प्रदर्शनकारीले ललितपुर लगनखेलको प्रयागपोखरी नजिकै बा २ ख १००८ नम्बरको माईक्रो, बालकुमारीमा बा २ ख ४५१० नम्बरको मिनी बस तोडफोड गरेका छन् । त्यस्तै कार्यकर्ताले काठमाडौंको सोह्रखुट्टेमा हात्तिवनबाट आइरहेको बा १ ज २३०१
नम्बरको ट्याक्सी रोकेर चालकलाई ओरालेर आगो लगाएका हुन । त्यस्तै राजधानीको बीर अस्पताल अगाडी बा १ ज ७९ २० को ट्याक्सीमा तोडफोड भएको छ ।
त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले कलकी, जडिबुट्टी, लगायतका ठाउमा विभिन्न सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । यस्तै नेपालगन्जमा पनि बन्दा अवज्ञा गरेको भन्दै भारतीय नम्बर प्लेटको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
उता बन्दका कारण पोखरा र आसपासका जिल्लाहरु पनि प्रभावित भए । सवारीसाधन, उद्योग,कलकारखाना सन्चालनमा आउन सकेनन् बन्द भने दिनभर शान्तीपुर्ण रहेको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रे, सिन्धुपालचोक, झापा, मोरङ, ताप्लेजुङ, सर्लाही, मकवानपुर, चितवन, धादिङ, सिन्धुली , सल्यान, रुकुम, कालीकोट, कैलाली , नेपालगञ्ज लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको हाम्रा सवाददाताहरुले जनाएका छन् ।
उता बागलुङबाट पनि १० जना माओवादी कार्यकर्ता पक्राउ परेका छन् । माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य लगायत १० जना कार्यकर्ता पक्राउ परेको हाम्रा सहकर्मीले जनाएका छन् ।
यसैगरी कैलालीबाट जिल्ला सेक्रेटरी महेश बडुवाल सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरुलाई धनगढी चौराहबाट प्रहरीले पक्राउ गरेको हो । बन्दका कारण कैलाली पूर्ण रुपमा ठप्प छ ।
यस्तै कञ्चनपुरको महेन्द्रनगरमा गाडी तोडफोडमा संलग्न रहेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजेन्द्र विष्ट, उमेश भट्ट र सुरेन्द्र भण्डारी रहेका छन् । उनीहरुले म १ ह ४६ नम्बरको गाडी तोडफोड गरेका थिए ।
एसएसपि नारायणसिहँ खड्काले रेडियो मिर्मिरेलाई जानकारी अनुसार बन्दका क्रममा सवारी स।धन तोडफोडमा संग्लग्न नभएकालाई साँझसम्म छोडिने तर तोडफोडमा संलग्न भएकाहरुलाई तत्काल नछोडिने बताउनुभयो ।