काठमाण्डौ, ८ साउन ।
प्रमुख चार राजनीतिक दलको बैठक आज साँझ बालुवाटारमा बस्दैछ ।
बैठकमा संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएका राय सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत माओवादीले प्रदेशको सीमांकन र प्रत्यक्ष निर्वा्चित कार्यकारी हुनुपर्ने जनताको सुझावलाई सम्बोधन गरेर जानुपर्ने प्रस्ताव राख्न सक्ने बताइएको छ ।
बिहीबार पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट मधेसी नेताहरुसँग भेटेर जनताको सुझाव अनुसार नै अघि बढ्ने आश्वासन दिएका थिए । त्यस्तै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline