देशैभर विप्लव माओवादीको मशाल जुलुश

देशैभर विप्लव माओवादीको मशाल जुलुश

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

७ श्रावण काठमाण्डौं । नेपाली भूमि लिपुलेकलाई व्यापारीक नाका बनाउने भारत र चीनबीचको सम्झौता, चार दलबीचको १६ बुदे सहमति एवं भूकम्प पीडितहरुको राहतमा भएको अनियमितता र भ्रष्टाचार रोक्नु पर्ने भन्दै विप्लव माओवादीले साउन ८ गतेको नेपाल बन्द सफल पार्न भन्दै सो पार्टीका कार्यकर्ताहरुले आज साझ देशका विभिन्न जिल्लाहरुमा मशाल बालेको छ ।

यस क्रममा ठाउ ठाउमा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । वुटलवमा भएको झडपमा ६ जना माओवादी कार्यकर्ता घाईते भएका छन् ।
यस्तै लम्जुङबाट ७ जना , ललितपुरबाट २ जना र सिन्धुलीबाट २ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

यसै गरी झापामा प्रहरी र मशाल जुलुश निकाल्ने माओवादी कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा आधा दर्जन माओवादी कार्यकर्ता घाईते भएका छन् । ४ जनालाई प्रहरीले पक्राउ गरेको माओवादीले जनाएको छ ।

उता जुम्लामा पनि सामान्य झडप भएको खबर छ ।
काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपालचोक, नवलपरासी, रुपन्देही चितवन , मकवानपुर, सर्लाही, महोत्तरी, धनुषा , झापा, ताप्लेजुङ, कैलाली, रोल्पा, प्युठान लगायत धेरै जसो जिल्लामा माओवादी कार्यकर्ताहरुले मशाल बालेको हाम्रा सवाददाताहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी