काठमाडौं, ७ साउन ।
मौसमविद्ले काठमाडौं उपत्यकासहित देशभर अझै दुई तीन दिन बिहान र बेलुका क्षणिक वर्षा हुने बताएका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार भारी वर्षा गराउने जलवाष्पयुक्त हावा कमजोर भएकाले देशभरी नै बिहान र बेलुका क्षणिक वर्षा हुनेछ ।
दिउँसो भने मौसम सफा रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी नै बदली हुनेछ । वितेको २४ घण्टामा देशभरी सामान्य बर्ष भएको छ ।
महाशाखाका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ओखलढुङ्गामा २६ दशमलव १ मिलिमिटर पानी परेको छ ।त्यस्तै पोखरामा २३ दशमलव १ मिलिमिटर र काठमाण्डूमा १४ दशमलव १ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline