काठमाडौं, ७ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
विक्रम संवत १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिनु भएकाका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।स्वर्गीय नेता श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाई समेत रहनुभएका नेता श्रेष्ठले मुलुकका निम्ती जीवन विताएर राजनीतिक सन्देश दिनुभएको छ ।
उहाले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली भाषमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान समेत दिनुभएको थियो । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडी सार्ने उहा पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
जननायक बीपी कोइरालाको ३३ औं स्मृति दिवसको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको स्मृति दिवस मनाइने गरिछ ।