काठमाडौ ६ साउन ।
संबिधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट प्राप्त सुझावलाई एकिकृत गर्ने कार्य सुरु भएको छ । नागरिक सम्बन्ध तथा सुझाव समितिले देशका २४० वटै निर्वाचन क्षेत्र र संविधानसभा सचिवालयमा प्राप्त सुझावलाई मिलाउने काम भइरहेको जनाएको छ ।
२४० वटै निर्वाचन क्षेत्र र संविधानसभा सचिवालयमा प्राप्त सुझावलाई भोलीसम्ममा एकिकृत गरी लिपीवद्ध गर्ने समिती तयारी छ । लिपीवद्ध गरेको प्रतिवेदनलाई पााच दिनभित्र संविधानसभामा पेस गर्ने तयारी रहेको समितिका सदस्य प्रेम गिरीले जानकारी दिनुभयो । समितीले जिल्लागत रुपमा आएका सुझावलाई समायोजन गरी ७५ वटा प्रतिवेदन बनाउने जनाएको छ ।
यसैबिच संविधानको प्रारम्भिक मस्यौदा माथिप्राप्त सुझाव मध्ये अधिकांशले धार्मिक स्वतन्त्रता र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सुझाव दिएको संविधान सभा सचिवालयले जनाएको छ ।
सचिवालयमा प्राप्त सुझाव मध्ये प्रायजसो सुझावमा धार्मिक स्वतन्त्रता हुनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गर्नुपर्ने उल्लेख छ । यस्तै प्रदेशको संख्या ५ भन्दा बढी हुन नहुने, थ्रेसहोल्ड कायम गर्नैपर्ने, संघीयतासम्बन्धी सबै विषय संविधान जारी हुनु अघि नै टुङ्ग्याउनु पर्ने लगायतका विषय पनि सुझावमा दोहोरिएका छन ।