राप्रपा नेपालले आज पनि देशभर प्रदर्शन गर्दै

राप्रपा नेपालले आज पनि देशभर प्रदर्शन गर्दै

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ६ साउन  ।

हिन्दुराज्यको माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका राप्रपा नेपालले आज पनि देशभर प्रदर्शन गर्दैछ ।

झापा, मोरङ, सुनसरी, रौतहट, बारा, पर्सा, मकवानपुर, बाँके, कैलाली तथा कञ्चनपुर लगायतका जिल्लाहरुमा प्रदर्शन भइरहेको जनाइएको छ ।

संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनमा अवरोध पुर्याउने क्रममा हिजो हेटौंडामा पार्टी अध्यक्ष कमल थापा माथि भएको आक्रमणको विरोध तथा हिन्दुराज्यको माग गर्दै आज पनि देशभर प्रदर्शन कायम राखेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।
यस्तै राजधानीको रत्नपार्क, चावहिल, कलंकी लगायतका स्थानमा पनि प्रदर्शन गर्ने राप्रपाको तयारी छ । पार्टीको घोषणापत्रमा नेपाल बन्दको कार्यक्रम नगर्ने उल्लेख भएकोले बन्द हडताल जस्ता कार्यक्रमहरु भने तय नभएको राप्रपाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी