रोल्पामा संविधानसभाको मस्यौदा जलाइयो

रोल्पामा संविधानसभाको मस्यौदा जलाइयो

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,४ साउन । 
नेकपा माओवादी रोल्पाका कार्यकर्ताहरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदा च्यात्नुका साथै जलाएका छन् । सदरमुकाम लिबाङ नगरपालिकाको कर्मचारी मिलन केन्द्रको प्रांगणमा मस्यौदामाथि सुझाव संकलन गर्न भैरहेको छलफलमा माओवादी कार्यकर्ताहरुले नाराबाजीसहित कालो झण्डा देखाउँदै मस्यौदा च्यात्ने र जलाएका हुन ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदा खारेज गर, लिपुलेक हाम्रो हो, वैदेशिक हस्तक्षेप बन्द गर, भूकम्प पीडितमाथि भएको भ्रष्टाचारीलाई कारवाही गर भन्ने नारा लगाउँदै शान्तिपूर्ण विरोध गरेका थिए । माओवादीको शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए ।

चार दलका कथित १६ बुँदे सहमतिको जगमा बन्न लागेको संविधान जनयुद्ध र जनआन्दोलनको मर्म विपरीत भएको भन्दै पार्टीकै निर्देशनमा मस्यौदा च्यातेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी सुवासले बताउनुभयो । सेक्रेटरी सुवासका अनुसार यो नयाँसंविधानको मस्यौदाले समग्र नेपाल र नेपाली जनताको भावना र चाहनालाई कुल्चेको छ ।

यस्तै रोल्पाका थबाङ, फगाम र बुढागाउँलगायतका गाविसमा स्थानीय माओवादी पार्टी कार्यकर्ताले कालो झण्डासहित नयाँ संविधानको प्रारम्भिक मस्यौदा च्यात्नुका साथै जनताका मत संकलन गर्न गएका कर्मचारीहरुलाई कुनै छलफल नै नगरी फर्काइदिएको माओवादी रोल्पाले जानकारी दिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रोल्पाका कार्यकर्ताहरुले पनि मस्यौदा च्यातेका छन् । यो संविधान जनताको संविधान नभएको राप्रपा नेपालका केन्द्रीय सदस्य दलवीर पुनमगरले बताउनुभयो । उहाँले सुझाव संकलन राज्यको ढुकुटी सिध्याउन गरेको नाटक मात्र भएको ठोकुवा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी