पोखरामा पनि संबिधानको मस्यौदा बहिस्कार गरिने

पोखरामा पनि संबिधानको मस्यौदा बहिस्कार गरिने

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, ४ साउन ।

नयाँ संबिधान र्निमाणको लागि भन्दै सभाषदहरु जिल्लामा प्रबेश गरेको बेला संबिधानसभाको बहिस्कार गरेको नेकपा माओबादी र अन्य दलहरुले संबिधानको मस्यौदा जलाउन थालेका छन ।

अहिलेको संबिधानको मस्यौदाले जनताको कुनै पनि मागको संबोधन गर्न नसक्ने भएकाले बहिस्कार गरेको  बिपक्षी दलहरुले जिकिर गरेका छन ।

पोखरामा पनि आज सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको छ । पोखरा सभागृहमा आयोजना गरिएको सुझाव संकलनमा कास्की जिल्लाका सभाषदहरुको सहभागिता रहनेछ ।

सुझाव संकलनको बिप्लव नेतृत्वको नेकपा माओबादी,बैद्य माओबादी र संघिय समाजबादी फोरम नेपालले बिरोध गरेको छ।

अहिलेको संबिधानले जनआन्दोलन र बिभिन्न खाले आन्दोलनको भावनाको संबोधन गर्न नसकेकोले आफुहरुले यो संबिधानलाई स्वीकार गर्न नसकेको ससफोका कास्की जिल्ल अध्यक्ष दिपक तामाङ्गले बताए ।

यो संबिधानले उत्पीडीत जाती ,धर्म र समुदायका मानिसहरुको प्रतिनिधित्व गर्न सक्दैन , त्यसैले परिबर्तनको बिपक्षमा रहेको प्रतिगामी संबिधान लाई अस्वीकार गर्न उनले सबैलाई अनुरोध गरेका छन ।

आज हुने संबिधान मस्यौदाको सुभाव संकलन कार्यक्रम स्थल पोखरा सभागृहमा बिरोध कार्यक्रम राखिएको तामाङ्गले बताए ।

कार्यक्रम स्थलमा बिपक्षी दलहरुले कालो झण्डा देखाउने कार्यक्रम राखेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी