भर्खर जन्मिएको एउटा बच्चाले आफैलाई चिन्न पाएको हुदैन तर भविश्यमा उ के बन्ने भन्ने कुराको निर्णय उसका आमाबाबुले गरी सकेका हुन्छन् । यो हाम्रो समाज हो । यहा हाम्रा जिन्दगीका हरेक निर्णयहरु हाम्रा अभिभावकले लिने गर्छन् । आम जीवनका विषयहरुमात्र होइन, अहिले देशको राजनीतिक चरित्र पनि यस्तै देखिएको छ । अहिलेको संविधान निर्माणको प्रकृयामा
भोलीको नेपाललाई कसरी चलाउने भन्ने जस्ता महत्वपूर्ण विषयहरुको निर्णय उमेरले नेटो काटेका बुज्रुक नेतृत्वको हातमा देखिन्छ ।
प्रश्न के भने, बन्न लागेको यो संविधान भोली जिन्दगीको लामो समय सम्म कसले उपयोग गर्ने हो केपी ओलीले वा रविन्द्र अधिकारीले ? सुसील कोइरालाले वा गगन थापाले ? संविधान निर्माणमा राज्य संचालन सम्बन्धि महत्वपूर्ण विषयहरुमा युवा नेतृत्वलाई बाहिर राखेर निर्णय गरिनु कत्तिको उचित हो ?
नेपाली कांग्रेसका युवा नेता गगन थापासंग नेपाली बाबुले गरेको कुराकानी :
संविधान निर्माणमा विषयहरुमा तपाईले त सार्वजनिक रुपमै आफ्नो पार्टीको मान्यता भन्दा बिपरित व्यक्तिगत रुपमा फरक मत राखिदिनु भयो नि ?
खासगरी शासकिय स्वरुपम लगाएतका विषयहरुको सन्र्दभमा यो चाहि रातारात कुनै संविधान निर्माणको चरणमा गएर राख्ने मत होइन । अघिल्लो संविधानसभाको निर्वाचन अघि देखिनै पार्टिभित्र हामीले यो बहसलाई प्रारम्भ गरेका हौ । सुरुमा यो पक्षमा पार्टिभित्र विचार राख्ने साथिहरु धेरै ठूलो थियौ । अहिलेको संविधान सभामा निर्वाचनको लगतै करिब २५ जना साथिहरु थियो । तर सहाहरु विस्तारै लाखापमाखा लाग्दै जानु भायो । नेपाली कांग्रेसले यो विषयलाई गभ्विर बहसको विषय बनाउनु पर्छ भनेर विभिन्न मोर्चामा राख्दै गयौ । तपाईको संविधान निर्माण्को अन्तिम चरणमा आईपुग्दा व्यत्तिगत रुपमा पाएको अधिकारको कुरा भयो । संविधान सभाको सदस्यको रुपमा छलफल बहस गर्ने कुरा त रह्यो । तर पार्टिको सदस्यको हिसाबले पार्टिको निर्णय त मान्नै पर्ने कुरा आयो ।
यो गगन थापाको आफ्नो व्यक्तिगत भन्दा पनि संगै देशका लाखौ युवाहरुको प्रतिनिधि भावना पनि होला । अहिले यसरी तपाईहरु जस्तो युवा नेतृत्वलाई बाहिर रखेर संविधान बनाईदा त्यो संविधानलाई नयापुस्ताले नमान्ने खतरापनि त त्यत्तिकै होलानी ?
–संविधान आफैमा एउटा परिवर्तित दस्तावेज पनि हो । तपाईले भनेको जस्तो भोलीको पुस्ताको कुरा आउला समाजमा आफ्नो जनमत पनि फेरीएला यो विषयमा संविधान खुल्ला छ । यस्ले केहि आपधारभुत विषयहरु राष्ट्रियता, अखण्डता लगाएतका विषयहरु बाहेक का निरन्तर परिवर्तनका कुराहरु हुनसक्छ भन्ने कुरा मान्दछ सिद्धान्तत । यसले गर्दा भोलिको दिनमा अहिले गरिएको संवैधानिक व्यवस्थाले अपेक्षा अनुरुप परिणाम दिन सकेन भने स्वभाविक रुपमा त्यो परिवर्तनको पाटो तिर गइहाल्छ ।
हिजोको जस्तो हामीले भनेको जस्तो विचार राख्नको लागि पहिले हामीले संविधानलाई नै फाल्नु पर्छ भनेर अतियार उठउनु पर्ने भन्ने हिजको जस्तो अवस्था त रहेननी अब । यहि भित्र अब प्रसस्त ठाउ छ । जनमत बनाउनु पर्यो संविधान संसोदन गर्न सकिन्छ ।
तर अहिले पनि संविधानसभा भित्रै हेर्ने हो भने युवा सभावसदहरुको संख्या उल्लेखनियमात्रामा छ । तर युवाहरुको मत चाहि संविधानमा आउन सकेन ?
– हामीहरु सबै पार्टिगत रुपमा विभाजित भयौ । मलाई त्यस्तो लाग्दैन अघिल्लो र अहिलेको पुस्ताको कक्तिाकाट भएको जस्तो लाग्दैन ।
यहा शासकिय स्वरुपकै विषयमा कुरा गर्ने हो भने पनि त प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा त जनमत राम्रै थियो । एमालेर माओवादीको त चुनावमा प्रस्तुत गरेको एजेण्डानै हो । कांग्रेस भित्रपनि यो मत त राम्रै थियो नि ?
– बरु के भयो भने एकिकृत माओवादीको यो धारण थियो तर उसले सजिलै यो विषयमा सम्झौता गर्यो । के गरिदीए भने मालाई लागेको त यो संसदीय व्यवस्था भनेर अगाडी सारीयो संसदीय व्यवस्थामा धेरै राम्रा कुरा छन् तर हामीले प्रयोग गर्न जानेनौ नि त्यो हाम्रो कमजोरी हो । तर यो कमजोरीलाई ढाकछोप गर्न सुधारीएको संसदयि व्यवस्था भनेर यसलाई झन विकृत बनाउने भायौ । संसदीय व्यवस्थाको सुन्दर रुपमालाई विगार्ने भयौ । यसले एमालेलाई सजिलो बनाउला हामी कांग्रेसको संसदीय व्यवस्थामा गएका होइनौ । यो सुधारीएको व्यवस्था हो भन्नलाई सजिलो हुने भयो ।
भने पछि त मानौ गगन थापा प्रधानमन्त्री बन्नको लागि त कपाल फुलाएर दात फुक्लनै पर्ने भयो नि है ?
हामीले नेपालको सन्र्दभमा जसरी बेलायति मोडलको संसदीय पद्धती प्रयोग गरेका छौ । त्यसरी नै त्याहाका दलहरुको पद्धति अनुसरण गर्नु पथ्र्यो । त्यहा राजनीतिमा उमेर र नैतिकताको एउटा हद हुन्छ । समस्या हाम्रो पार्टिहरु भित्रै छ । त्यहि भएर यसपालीको संविधानमा एउटा प्रस्ताव लगे कि ६५ वर्ष भन्दा माथिको भएपछि स्वत कार्यकारी अधिकारमा बस्न भनेर तर त्यसलाई फरक मतमा राखीएको छ ।
अब के गर्ने मस्यौदाको काम भईरहेको छ, यसलाई सच्याउन पनि सकिन्छ वा दलहरु विच सहमती भएको यहि व्यवस्थालाई मान्ने भोलीका दिनमा संविधान संसोधनको बाटो कुर्ने ?
संसदीय व्यवस्था गलत नै भन्ने होएन । हेरौ अब भोली यो व्यवस्थाको रिजल्ट कस्तो आउछ । यदि भोली यो व्यवस्थाले देशलाई सहि गति दिन सकेन भने त समाजमा यसको विकल्पको कुरा उठिहाल्छ नि ।