काठमाण्डौ,३ साउन ।
परराष्ट्र मन्त्रालयले विदेश जाने नेपालीहरुको हितलाई ध्यानमा राख्दै सार्वजनिक विदाको दिनमा पनि राहदानी बितरण गर्ने जनाएको छ । मन्त्रालयले विदाका बेला बनिसकेको पासपोर्ट लिन पाइने तर निबेदन चाहि दिन नपाउने जनाएको छ ।
विदेश जान लागेकाहरुलाई समस्या नपरोस् भनेर सोमबार र मंगलबार दुई दिन पासपोर्ट वितरणको कामलाई जारी राखीने एमआरपी शाखाका निर्देशक शरदराज आरणले बताउनु भयो । सोमबार र मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म पासपोर्ट वितरण गरिनेछ ।
परराष्ट्र मन्त्रालयले सोमबार र मंगलबार पासपोर्ट लिन आउनू भनेर यसअघि बोलाएका सेवाग्राहीहरुले तोकिएको समयभित्र कार्यालयमा पुग्न आग्रह गरेको छ । संविधानको मस्यौदामा सुझाव संकलनका लागि भनेर सरकारले सोमबार र मंगलबार विदा दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline