काठमाण्डौ,३ साउन ।
हिन्दू राज्यको माग गर्दै गुल्मी सदरमुकान तम्घासमा ब्राहमण समाजले नाराबाजी सहित प्रदर्शन गरेको छ । तम्घासको उदिनढुंगाबाट सुरु भएको रयाली तम्घास बजार परिक्रममा गर्दै लाँकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै ब्राहमण समाज गुल्मीका अध्यक्ष शशि पन्थीले विदेशीको दबाबमा पूर्खादेखि चल्दै आएको परम्परालाई भत्काउन नहुने बताउनु भयो ।
धर्म निरपेक्ष राष्ट्र घोषणा भएको अर्को दिन देखि देशमा आगो बल्ने चेतावनी दिदै गुल्मी अध्यक्ष पन्थीले संबिधानमै धर्म निरपेक्ष लेखिनुले बहुसंख्यक हिन्दूहरुको आस्थामाथि चोट पुगेको बताउनु भयो ।
ब्राहमण समाजले संविधानको मस्यौदामा भएका कमीकमजोरी सच्याउन माग गर्दै जिल्लाका पुगेका सभासदलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline