भक्तपुर, १ श्रावण ।
उद्योग मन्त्री महेश बस्नेतले भूकम्पछि सरकारको पहिलो प्राथमिकता भनेको पुननिर्माण भएको बताउनु भएको छ ।
केदारनाथको शिर डोलेश्वर मन्दिरमा आजबाट सुरु भएको श्रावणी मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले पुननिर्माणको लागि सरकारले कुल बजेटको १० प्रतिशत रकम विनायोेजित गरेको भन्दै सरकारले ऐताहासिक पराम्परागत मठमन्दिर तथा विश्वसम्पदा सुचीकृत सम्पदाहरुको पुननिर्माणमा पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले केदारनाथको शिर डोलेश्वर घोषणापछि यो क्षेत्रमा नयाँ प्रकारको जोशजाँगर, चेतना र शिक्षा विकास भई यो क्षेत्रको मात्र नभई उपत्यकाको मुहार फेरेको बताउनु भयो ।
मन्त्री बस्नेतले डोलेश्वर महादेवको मूल मन्दिरको निर्माण गर्ने आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सबैलाई आफुले सक्ने सहयोग गर्न अपील गर्नु भयो ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर निर्माण गर्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र ओमकार ध्वनिको संयुक्त आयोजनामा एक महिनासम्म देवी भागवत, श्रीमद्भागवत, कृष्णझुला लगायतका धार्मिक कार्यक्रम सञ्चालन रहन केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले बताउनु भयो ।
साउन महिनाको शुरुसँगै डोलेश्वर मन्दिरमा भक्तजनहरुको आगमन अघिपछिका समयमा भन्दा बढ्ने संयोजक बल्लले बताउनु भयो ।