बजेट पारीत हुन नदिने एमालेको निर्णय

बजेट पारीत हुन नदिने एमालेको निर्णय

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,३१ असार ।

नेकपा एमालेले सरकारले सार्बजनिक गरेको आर्थिक वर्ष २०७२ र ०७३ को बजेटप्रति असहमति जनाउँदै प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बिहान बसेको एमाले स्थायी समिति बैठकले यसअघिका सरकारले चलाउँदै आएको कार्यक्रम समेत कटौति गरेको भन्दै विरोध जनाएको छ । बैठक पछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने बजेटअघि एमालेले सुझाएका कार्यक्रमहरु बजेटमा नसमेटिएका कारण बजेट पारित हुन नदिने चेतावनी दिनुभयो ।

बैठकले ध्यानकर्षण गराउन तीन सदस्यीय समिति गठन समेत गरेको छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र अग्नि खरेल रहेको समितिले प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महतलाई भेटेर ध्यानकर्षण गराउने कार्यक्रम रहेको प्रचार प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी