काठमाडौं, ३१ असार ।
ललीतपुरमा अबैधरुपमा भइरहेको गाँजा खेती नष्ट गरिएको छ । समाज विकासकेन्द सानेपा , नेपाल प्रहरी कार्यालय जावलाखेल, यूवाराजसिया रेयुकाइ नेपाल र स्थानीय समाजसेबी लगायत ३ सय जनाको सहभागीतामा आज विहान ललीतपुरको कालोपुल देखि कुपण्डोल सम्मको ५ रोपनी खालि जमीनमा रहेको गाँजा खेती नष्ट गरिएको हो ।
समाज विकासकेन्द्र सानेपाका संयोजक पुस्कल गजुरेलले रेडियो मिर्मिरेलाई दिनुभएको जानकारी अनुसार विगत ३ दिनएता ललीतपुरका विभिन्न क्षेत्रमा भइरहेको गााजा खेती नष्ट गर्ने अभियान थालीएको छ ।
अभियानले यसअघि समेत ललीतपुरको धोबीघाट, पट्टिपा र सानेपास्थित ७ रोपनी क्षेत्रफलमा भइरहेको अबैध गाँजा नष्ट गरेको गजुरेलले बताएका छन ।
उक्त क्षेत्रको सम्पुर्ण गाँजा नष्ट नगरिए सम्म अभियान जारी रहने गजुरेलको भनाई छ । विभिन्न संघ सस्थाहरुले गरेको यस्तो समाजीक कार्यको स्थानीयले स्वागत गरेका छन ।