बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ३१ असार ।

रौतहटको चन्द्रपुर नगरपालिका–१२ को गौर–चन्द्रपुर सडकखण्डमा आज बिहान बसले ठक्कर दिँदा एक महिलाको  मृत्यु भएको छ ।

काठमाडौंबाट कटहरियाका लागि छुटेको ना ५ ख २०२२ नम्बरको बसले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–७ जुडिवेलाकी ५२ वर्षीया हेमन्ही चौधरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनएको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–२ का बस चालक राजु पौडेललाई आवश्यक अनुसन्धानका लागि कटहरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी