यूवा संघमा विवाद बढ्दै

यूवा संघमा विवाद बढ्दै

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असार ३० ।

यूवा संघ भित्र बिबाद चर्किदै गएको छ । अध्यक्ष निरु पाल र उपाध्यक्ष दिलकुमारी पन्तपक्ष बीचको विवाद चर्किदै गएपछि दुवै पक्षले एक अर्कालाई निलम्बन गरेको घोषणा गरेका छन ।

उपाध्यक्ष दिलकुमारी पन्तको अध्यक्षतामा आज बसेको संघका पदाधिकारी र केन्द्रिय सदस्यको बैठकले अध्यक्ष निरुपाल र महासचिव राजीव पहारीलाई निलम्बन गरेको घोषणा गरेको छ ।

दिलु पन्त पक्षले आज पत्रकार सम्मेलन गरी पदीय जिम्मेवारी र गरिमालाई कायम राख्न नसकेको र दुरुपयोग गरेको, भुकम्प पीडितको नाममा उठाएको र प्राप्त रकमको दुरुपयोग गरेका लगायतका कारण देखाउदै अध्यक्ष पाल र महासचिब पहारीलाई निलम्बन गरिएको जानकारी दिएको छ ।

यसअघि हिजो उपाध्यक्ष दिलकुमारी पन्त र सचिव नरेश शाहीलाई निस्कासन गरेको युवा संघले जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी