काठमाण्डौ,३० असार ।
नयाँ संविधानमा कर्मचारी, मजदुर र पेशाकर्मीहरुले श्रमिकको परिभाषा भित्र कर्मचारीहरुलाई नसमेटिएको भन्दै विरोध जनाएका छन ।
संयुक्त विज्ञप्ति निकाल्दै पेशागत महासंघ नेपाल, ट्रेड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपाल, नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संघ लगायतले प्रस्तावित संविधानको मस्यौदामा असन्तुष्टि जनाएका हुन् ।
संविधानमा वैधानिक हड्ताल गर्ने हक सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् । संविधानको मस्यौदा विगतका सहमति, सम्झौता, मानवअधिकार घोषणापत्र र आईएलओ अभिसन्धी विपरित भएको विज्ञप्तिमा उल्लेख छ ।
श्रमसम्वन्धि हकमा प्रत्येक कर्मचारीहरुलाई ट्रेड युनियन खोल्ने, सहभागी हुने, सामूहिक सौदाबाजी गर्ने, वैधानिक हड्ताल गर्ने हक सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।