काठमाण्डौ, ३० असार । युराशिया रेयुकाई नेपाल संयोजत्वको टोलीले आज बिहान ललितपुरका बिभिन्न क्षेत्रमा लगाईएको गाजा खेती नष्ट गरेको छ
सानेपास्थित युरासिया समाज बिकाश केन्द्र, प्रंहरी प्रभाग, सामुदायीक प्रहरी कार्यालयबाट खटिएको ६५ जनाको टोलीले गाजा नष्ट गरेको हो ।
ललितपुरका सानेपा, धोबिघाट, पत्तिपा क्षेत्रमा गरी करिब ४ रोपनी क्षेत्रफल बराबरको जमिनमा रहेको गाजा पुर्ण रुपमा नष्ट गरिएको जनाइएको छ ।
ती क्षेत्रमा दुव्र्यसनमा फसेकाहरुले गाजा प्रयोग गर्ने गरेको सुचनाका आधारमा खटिएको टोलीले गाजा नष्ट गरेको युराशिया समाज बिकाश केन्द्रका संयोजक पुष्कल गजुरेलले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।
टोलीले भोली टेकू क्षेत्रमा गाजा नष्ट कार्यलाई निरन्तरता दिने गजुरेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline