काठमाडौ ३० असार । सरकारले काठमाडौ उपत्यकालाई राष्ट्रिय राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । मलुक संघीयतामा गइसकेपछिको अवस्थामा काठमाडौ उपत्यकालाई राष्ट्रिय राजधानीका रुपमा विकासित गर्ने सरकारको योजना छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले यसका लागि उपत्यकाको एकीकृत विकास योजना अनुसार कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उपत्यकाको विकासका लागि काठमाडौ उपत्यका विकास प्राधिकरणले २५ वर्षे गुरुयोजना बनाएको छ ।
राष्ट्रिय राजधानीको वातावरण स्वच्छ पार्न र सौन्दर्य बढाउन सरकारले आगामी वर्ष उपत्यकाका खाली स्थानमा वृक्षारोपण, हरियाली विस्तार, आवश्यक पूर्वाधार निर्माण लगायतका कार्य तीब्र पार्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline