काठमाण्डौ, २९ असार ।
सरकारले आर्थिक वर्ष २०७२\७३ का लागि कुल ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज व्यवस्थापिका संसदमा अर्थमन्त्री डा. रामशरण महतले सरकारको बजेट सार्जजनिक गर्नुभएको हो । सरकारले सार्जजनिक गरेको अनुमानित आय विवरणअनुसार कुल रु. ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख राजस्व आम्दानीबाट प्राप्त हुने बताइएको छ ।
त्यस्तै, वैदेशिक अनुदानबाट रु. २ खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार, साँवा फिर्ता प्राप्तीबाट रु. १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार र अपुग रकम वैदेशिक ऋण र आन्तरिक ऋणबाट जुटाउने बताइएको छ ।
सरकारले आव २०७१÷७२ का लागि ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये राजस्वबाट रु. ४ खर्ब २२ अर्ब ९० करोड, साँवा फिर्ताबाट रु. १ अर्ब र वैदेशिक अनुदानबाट रु. ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार जुटाउने र अपुग रकम वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख जुटाउने लक्ष्य राखेको थियो ।
आव २०७२÷७३ का लागि सरकाकारले घोषण गरेको कुल बजेटमध्येबाट चालु खर्चतर्फ रु. ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार(५९.१ प्रतिशत) विनियोजन गरेको छ।
त्यस्तै, २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार(२५.५ प्रतिशत) पूँजीगत खर्चका लागि विनियोजन गरेको छ। वित्तीय व्यवस्थापनतर्फ रु. १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार (१५.४ प्रतिशत) विनियोजन गरेको छ ।
२०७१र७२ का लागि घोषणा गरेको बजेटमा सरकारले चालु खर्चतर्फ रु. ३ खर्ब ९८ अर्ब ९५ करोड(६४.५ प्रतिशत) विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ रु. १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड (१८.९ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु. १ खर्ब २ अर्ब ३९ करोड(१६.६ प्रतिशत) विनियोजन गरेको थियो।
२ घण्टा १३ मिनेट लामो आफ्नो बजेट बक्तव्यमा उनले भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका छन्। आव २०७२÷७३ को बजेटमार्फत सरकारले ६ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर(जिडिपी ग्रोथ रेट) हासिल गर्ने लक्ष्य राखेको अर्थमन्त्री महतले बताउनुभएको छ ।