अनुष्का र अमर संगै सार्वजनिक

अनुष्का र अमर संगै सार्वजनिक

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाण्डौ,२९ असार ।

साहित्यकार तथा गितकार सुरेन्द्र मर्हजन अमरको औ ११ कृति उपन्यास “अनुष्का”को भानु जयन्तीको अवसर पारेर आज राजधानिमा एउटा कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार बुलु मुकारुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यत्रलममा सुरेन्द्र महर्जको अर्को सृजना गिती एल्बम “अमर”को पनि विमोचन गरीएको छ । उपन्यास अनुष्ककाको विमोचन वरिष्ठ साहित्यकार बुलु मुकारुङले गर्नु भयो भने गिती एल्बम “अमर”को भिडियोको विमोचन भने कलाकार कृष्ण मल्लले गर्नु भएको थियो । कार्यक्रममा
पुस्तक प्रकाशनदेखि गीत, संगीत, अभिनय र साहित्यको बिकासमा मधुशाला म्युजिकलाई सहयोग विभिन्न महानु भावहरुलाई मधुशाला म्युजिकको तर्फबाट मधुशाला सम्मान र मधुशाला मायाको चिनो बितरण गरिएको थियो ।

कस्तो उपन्यास हो अनुष्का ?

11695939_1079640265396992_1576285874310496012_n (1)

“फेरि बादल गर्जियो । सायद फेरि कतै चट्याङ पर्‍यो । म झन आत्तिएँ । केही बेरपछि घनघोर वर्षा भयो । बाहिर आकाश रोइरहेको थियो, भित्र म रोइरहेको थिएँ । वर्षा ऋतुको त्यो निरस र अन्धकार साँझ म सोचिरहेको थिएँ, भाग्यको रेखा कस्तो हुन्छ ।”

आज विमोचन गरिएको उपन्यास “अनुष्का” को पृष्ट ४० मा समेटिएका २० र २१ हरवफ ।
माया प्रेममा आधारित कथा हो उपन्यास “अनुष्का” उपन्यासमा, यौवनमा देखिने सुन्दर बिहानको सितल घाम जस्तै हृदय स्पर्शी अनि बिहानीको समयमा चराचुरुङ्गीका चिरवीर आवाजले  दिने आनन्द जस्ता  कुराहरू समेटिएका छन । कथामा बिछोड र पीडाले साइनो गाँसेको बुझ्न सकिन्छ । आँखा बन्द गर्दा देखिने सपनाहरू निंद्रा भङ्ग भएपछि सपना केवल सपना हुन्छ । कल्पना जस्तो साथ कोही हुन्न  बिउँझेपछी।
कल्पनामा रम्नु गल्ती हो कल्पनामा हराउनु हुन्न भन्ने ज्ञान समेत कथामा दिएको छ  । एकहरो प्रेमले मान्छेलाई पीडा दिन्छ । मायाले मान्छेलाई असल र खराब बनाउने गर्छ र मायाले नै सफलता पनि दिन्छ । कुलतमा फस्ने झगडा गर्ने गराउने समेत गर्छ कथामा प्रेमको भरपुर वर्णन गरिएको छ ।प्रेम गर्नु पाप हैन प्रेम ईश्वरको सुन्दर रचना हो कथामा ब्याख्या गरिएको छ । प्रेमको इतिहास बोकेको कथा घोष्ट राईटिङ्गको प्रकाशनमा अमरको ११ औं कृति प्रेममा अल्झेपछी कस्तो हुन्छ मान्छेको जिन्दगी, कथामा बुझ्न सकिन्छ । मायाले सफलता असफलता जे पनि दिन्छ । प्रेम गर्नु पाप हैन प्रेम त ईश्वरको सुन्दर रचना हो! कथामा प्रेमको वर्णन गरिएको छ ।
लेखक भन्छन् यो उपन्यास
“जिन्दगीमा आउँने जाने यौवनको कथा बुढेसकालको कथा, मान्छे मान्छेमा हुने कथा उपन्यास “अनुष्का” मा समेटिएको छ । यस्मा माया र मायामा गरिने भूल र सच्यानुपर्ने कुरा समेटिएको छ । ”

के छ  अमरमा  ?

11694751_1079640302063655_8307332859735660938_n (1)

विगत ३० बर्षदेखि साहित्य क्षेत्रमा कृयासिल महर्जनको गीति एल्बम अमर १० औं कृति हो । एल्बममा जम्मा ६ वटा गीतहरू रहेकोे छ । तीन वटा गीतहरूमा गायिका मिलन अमात्य, शिखा भारती र ममता पोखरेल गौतमका सुन्दर युगल स्वरहरू रहेका छन । समाबेश गीतहरूको सबै रचनाकार तथा गायक सुरेन्द्र महर्जन हुन । एल्बममा समेटिएका गीतहरूमा हर्ष-विष्मात, आशा-निराशा, आमोद-प्रमोद, प्रेम पीडालाई मुख्य विषय बस्तु बनाइएका छ्न । राम कार्कीको संगीत र एरेन्ज सुरेन्द्र महर्जनको स्वर र शब्द रहेको यो एल्बम नेपाली इतिहासमा संगीत र एरेन्जर र स्वरर शब्दमा भएकोले नौलो रहेको छ ।
करी बन्यो गिती एल्बम संगालो ?

सुरेन्दै महर्जन भन्छन् गीत, संगीत बिनाको जिन्दगी के जिन्दगी दुस्खमा, सुखमा मन्दिरमा, माया प्रेममा, पीडामा जहाँ तहीँ गीत बज्न थालेपछी दुस्खको अनुभव नै हुन्न । मायाप्रेममा माया भेटिने रहेछ भने अनि मन्दिरहरूमा र घरमै ईश्वरको साथ पाइने रहेछ त्यसैले बनाएँ गीतहरूको सँगालो एल्बम “अमर'”।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी