युवा संघबाट दिलु पन्त र नरेश शाही निलम्वित

युवा संघबाट दिलु पन्त र नरेश शाही निलम्वित

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,२९ असार ।

युवा संघ नेपालले उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई संगठनबाट निलम्बन गरेको छ । निरु पालको अध्यक्षतामा बुद्धनगरमा बसेको स्थायी कमिटीको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि निलम्बन गरेको हो ।

प्रवक्ता प्रभात कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । विगत लामो समयदेखि अराजकता, उदण्डता साथै संघको विधान, मूल्य, मान्यताविपरीत गतिविधि सञ्चालन गरेको हुँदा अर्को निर्णय नहुन्जेलसम्मका लागि संघका उपाध्यक्ष दिलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्वन गरीएको हो ।

केही समय अघि तत्कालीन अध्यक्ष मधेश बस्नेतले उपाध्यक्ष निरु पाललाई अध्यक्षको जिम्मेवारी दिएपछि उपाध्यक्ष पन्तले आफू बरिष्ठ उपाध्यक्ष भएकाले आफू अध्यक्ष पाउनुपर्ने माग गर्दै आएपछि दुइ नेत्रीबिच बिबाद भएको थियो । पछिल्लो समय दुबै नेतृवीच विवाद मिलेको बताइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी