काठमाडौँ,२९ असार ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णमाथि आक्रमण भएको छ । सभासद समेत रहेका कर्णमाथि उहाकै कार्यकर्ताले हाँडीगाउँस्थित निवासमा आक्रमण तथा अभद्र व्यवहार गरेका हुन् ।
आफनै कार्यकर्ताको आक्रमणबाट कर्ण सामान्य घाइते हुनु भएको छ । सो घटनाको बारेमा अध्यक्ष कर्णले आज पत्रकार सम्मेलन गरी आफ्नै संगङ्गठनका केही व्यक्तिहरुले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएकोे आशङ्का गर्दै दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।
नेपाल विद्यार्थी संद्धका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटनाको निन्दा गर्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline