काठमाण्डौ,२९ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न बाहानामा संविधान जारी हुन नदिन चलखेल वढेको बताउनु भएको छ ।
बिरानगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता चाहने, संक्रमण लम्याउन खोज्नेको सक्रियता बढेको आरोप लगाउनु भयो ।
उहाले मुलुकको आबश्यकता अनुसार प्रदेश निर्माण गरिने बताउदै राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताउनु भयो ।
अध्यक्ष ओलीले विज्ञहरुसहितको संघीय आयोग गठन गरी आयोगले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने बताउनु भयो । सभामुख र राष्ट्रिपतिले दिएको सुझाव अनुसार संविधान अगावै प्रदेशको नामकरण टुगाउन नसकिने उहाको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline