काठमाण्डौ,२८ असार ।
शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले शिक्षक सेवा आयोगको परीक्षालाई लोक सेवा आयोगको परिक्षा जस्तै बनाउने बताउनु भएको छ । अध्यक्ष सोतीले शिक्षकको क्षमतालाई वैज्ञानिक, व्यवहारिक र समय सापेक्ष बनाउनका लागी शिक्षक सेवा आयोगको पाठ्यक्रममा हेरफेरको तयारी भइरहेको जानकारी दिनुभयो ।
सल्यानमा बिहान भएको एक कार्यक्रममा उहाले तीनघण्टे परिक्षाले मात्रै योग्य शिक्षक उत्पादन गर्न नसक्ने बताउदै लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदसँग समन्वय गरेर शिक्षकको परीक्षाको आधार बनाउन लागिएको बताउनु भयो ।
अध्यक्ष सोतीले शिक्षा क्षेत्रमा व्यापक अनिश्चितता र दबाब भएकाले वार्षिक क्यालेण्डर बनाएर काम गर्न नसकेको दाबी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline