काठमाडौ, २८ असार । लागु औषध कारोबारमा संलग्न तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालीका ड्राइभरटोलका ३७ वर्षीय बलवहादुर सुनार, गजेडी–१ लौसाका २२ वर्षीय किरण श्रीस र सैनामैना–१२ का २८ वर्षीय दीपक प्रधान रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले लागु औषध खैरो हिरोइन र लागु औषध तौल गर्ने मेसिन पनि बरामद गरेको छ । लागु औषध सेवन गरेका सैनामैना कलौनीका भुवन बेल्वासे र गणेस थापा मगर पक्राउ परेपछि सोधपुछका क्रममा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline