भक्तपुर, २७ असार ।
भक्तपुरमा भुकम्प पश्चात भगनावशेष व्यवस्थापन र पुर्ननिमार्णको कामालाई प्राथामिकताका साथ अग्रसरता दिएको सरोकारवाला निकायहरुले बताएका छन् ।
रफत सञ्चार क्लवले आज सरोकारवाल निकायहरुसँग गरेको साक्षताकार कार्यक्रममा बोल्दै विभिन्न अवरोधका बाबजुत विपत् व्यवस्थापनमा सामथ्र्यअनुसार काम गर्न लागि परेको बताएकाहुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयम रायले बिपत् पश्चात समस्यानै समस्याबीच काम गर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ ।
उहाँले तत्कालिन आवश्यकताको सूची तयार हुन नसक्दा , गोदाम व्यवस्थापन नहुँदा, एनजीओ आईएनजीओ व्यवस्थापनमा सरकारको स्पष्ट नीति नहुँदा राहता तथा पूर्ननिर्माणमा कार्यसम्पादनमा प्रभावकारी काम हुन नसकेको बताउनु भयो ।
रायले जिल्लामा देखिएका समस्याको समाधान गर्न छिट्टै जिल्ला दैविक प्रकोप समितिको बैठक बसि निर्णय गरेर यसलाई अनुमोदन गर्न सरोकारवाल मन्त्रायल पठाउने बताउनु भयो ।
उहाँले भक्तपुर जिल्लामा २४ हजार सात सय १९ घर धुरिलाई अस्थाई आवसा निमार्णका लागि राहत उपलब्ध गराई सकेको बताउँदै स्थानिय तहमै दैविक प्रकोप समिति गठन गर्ने तयारी भएको बताउनु भयो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी पशुपति बाबु पुरीले लामो समयसम्म स्थानिय निकायमा जनप्रतिनिध नहुँदा र नयाँ नगरपालिका घोषणा लगतै विपत्को सामना गर्नु परेको थप चुनौतिको सामना गर्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो जिल्लामा मोही तलसिंहको विवाद, सार्वजनिक जग्गामा बनेका घर, एउटै घरमा धेरै परिवारको बसोवास, बहालमा बसेकाहरु र जिल्ला भन्दा बाहिरबाट पनि पिडितहरु भक्तपुरमा स्थानानन्तरण भएकाले थप समस्या बढेको बताउनु भयो ।
कार्यक्रमा महानगरिय परिसर भक्तपुरका प्रमुख विकास श्रेष्ठ , शस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रमुख श्यामकाजी कुवँर , ज्वालादल गण भक्तपुरका सेनानी राजु कार्की, सूर्यविनायक नपाका कार्यकारी अधिकृति यमलाल अधिकारी, अनन्त लिगेंश्वर नपाका तिलक पौड्याल, महामञ्जुश्री नपाका अधिकृति निरन भटराई लगाएतले व्यवस्थित शहरीकरण र बस्ती विकासमा जोड दिँदै विपत्का समयमा सबैको सामुहिक सहयोग र प्रयासको खाँचो रहेको बताए ।