काठमाडौ २७ असार
मोरङको कोशी हरैचामा श्रीमानको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी कोशी–हरैचा नगरपालिका–३ की ३० वर्षिया सुस्मिता परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत श्रीमान यामबहादुर परियारले घरायसी बादविवाद हुादा कुटपिट गरेका थिए । कुटाईबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न यामबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline