संसदमा नीति तथा कार्यक्रममा आज पनि छलफल

संसदमा नीति तथा कार्यक्रममा आज पनि छलफल

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २६ काठमाण्डौं ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आज पनि व्यवस्थापिका संसदमा छलफल जारी रह्यो ।

सत्तारुढ दलका सांसदले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

छलफलमा भाग लिादै नेकपा एमाले नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम केही गर्न खोजिएको जस्तो देखिए पनि सबै विषय नसमेटिएको बताउनुभयो । उहाले गणतन्त्रलाई संस्थागत गर्ने र महत्वपूर्ण सडक यातायातलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारिएको बताए ।

एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई अगाडि बढाउन नसक्ने दाबी गर्नुभयो । उनले सरकारको कार्यक्रम हेर्दा भविष्य नभइ वर्तमानलाई समेत बुझ्न नसकेको प्रस्ट हुने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम स्वीकार्न नसकिने उहाको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरीले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै यसले कृषि, औद्योगिक विकास, सामाजिक विकास, पर्यटन, पुन:निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

यस्तै, राप्रपा नेपालका रामकुमार सुब्बालगायत अन्य प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट सन्तुष्ट हुने अवस्था नभएको टिप्पणी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी