काठमाडौं, २६ असार । गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेको पराकम्पन पछिल्लो समय केही पातलिदै गएपनि आउनेक्रम अझै रोकिएको छैन ।
यसैक्रममा आज बिहान एउटा पराकम्प गएको छ । आज बिहान २ बजेर २८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो सँगै वैशाख १२ यता चार रेक्टर भन्दा माथिका ३ सय ४६ वटा पराकम्प गएको केन्द्रले जनाएको छ । शाक्तिशाली पराकम्प आएपछि स साना पराकम्प आउनु स्वभाविक भएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline