काठमाडौ २५ असार। रुपन्देहीमा एक बर्षको अबधिमा १२ जनालाई डेंगुको संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ जना बुटवल उपमहानगरपालिका र अन्य ५ जना अरु ठाउँका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
गत साउनमा एकजना , असोज , कत्तिक र मंसिर महिनामा ३, ३ जना र माघमा २ जनामा डेंगु रोगको संक्रमण देखिएका जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले बताउनु भयो ।
कार्यालयका अनुसार डेंगुको संक्रमणका हिसाबले बुटवल उपमहानगरपालिका सबै भन्दा बढी जोखिमयुक्त रहेको छ । डेंगु लामखुट्टेको टोकाईबाट हुने र सर्ने रोग हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline