काठमाण्डौ,२५ असार ।
इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको नम्बर नखुलेको कारको ठक्करबाट मुत्यु भएको छ ।
कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे ४ प ९३ ९४ नम्बरको मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्करबाट घाइते ऐरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मुत्यु भएको थियो । बाजुरा जिल्ला बादु गाविस घर भएका ऐरीले विसं २०६१ मा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline