काठमाडौ, २४ असार ।
ललितपुरको चोभार गुफामा प्रवेश गर्नेक्रममा लडेर बुधबार काठमाडौं, कालीमाटीका प्रतीक विष्टको मृत्यु भएको छ ।
चोभार गल्छेंडोमा सुदिप शाही, साजन तामाङ, कृष्ण तामाङ र प्रतीक विष्ट घुम्न गएकोमा गुफा प्रवेश गर्नेक्रममा विष्टको लडेर घटनास्थलमै मृत्यु भएको हो ।
अचानक लडेर विष्ट बागमती नदी किनारमा पुगेको प्रहरीले जनाएको छ ।
यस्तै कालिकोटमा एम्बुलेन्सको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
नेपाल रेड्क्रस सोसाइटी शाखा कार्यालय कालिकोटको बा ६ च ३४८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा कालिकोट जिल्लाको नानिकोट–३ नुवाघर स्थायी घर भइ अहिले मान्मा बजारमा बस्दै आएका धर्मराज बोहोराकी ४ वर्षकी छोरी आशीका बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline