सुनको मूल्य ओरालो लाग्दै

सुनको मूल्य ओरालो लाग्दै

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, २३ असार ।

नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य घट्दै आएको छ । हिजोे तुलनामा आज सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ कमी आएको छ ।

आज छापावाल सुन प्रतितोला ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ५० हजार आठ सय रुपैयाँ थियो । सोमबार भने छापावाल सुनको मूल्य ५१ हजार रुपैयाँ प्रतितोला थियो ।

त्यसैगरी सोमबार ५० हजार साय सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन मंगलबार ५० हजार पाँच सय ५० हुँदै बुधबार ५० हजार दुई सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एकसाता देखि स्थिर रहेको चाँदीको मूल्य भने बुधबार प्रतितोला २० रुपैयाँले कमी आएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि एक सातासम्म मूल्य स्थिर रहँदै चाँदी प्रतितोला ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी