अल्का र ट्राफिकको सहकार्यमा सडकमै उपचार

अल्का र ट्राफिकको सहकार्यमा सडकमै उपचार

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

 काठमाडौ २३ असार ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र अल्का अस्पतालको समन्वयमा सञ्चालित ट्राफिक प्रहरीहरुका लागि प्राथमिक उपचार प्रशिक्षण कार्यक्रमको आज समापन गरिएको छ ।

केन्द्रिय कार्यलय रामशाह पथमा आज बिहान एक कार्यक्रमका बीच प्रशिक्षण समापन गरिएको हो । महानगरिय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अल्का अस्पताल जाउलाखेलका अध्यक्ष कुमार थापा, महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्द, महानरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख सिताराम हाछेथु प्रहरी उपरिक्षक पोषराज पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

समापान कार्यक्रममा संबोधन गर्दै अल्का अस्पतालका अध्यक्ष थापाले पहिलो चरणमा उपत्यकाका ट्राफिकलाई प्रशिक्षण दिईएपनि अब भने यो अभियानलाई राष्ट्रिय स्तरमा लैजाने बताउनु भयो ।

थापाले ट्राफिक प्रहरीमा २५ बर्षदेखि सक्रिय महानगरीय ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख सिताराम हाछेथुलाई सम्मान पत्र दिनुका साथै उहाको परीवारलाई निशुल्क अल्काले स्वास्थ्य उपचार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

यस्तै महानगरिय प्रहरी प्रमुख शर्माले उपत्यकाका ट्राफिक प्रहरीहरु आजबाट सडकमा नै पहिलो डाक्टरका रुपमा देखिने भन्दै यसलाई देशभर बिस्तार गर्ने बताउनु भयो ।महानगरीय ट्राफिक महाशाखा प्रमुख चन्दले सडकमा कुनै दुर्घटना भए वा समस्या देखिए निसंकोच पहिले घाईतेको प्राथमिक उपचार गर्न निर्देशन दिनुभयो ।

किशोर तथा वाल रोग विशेषज्ञ डा धर्मागत भट्टराईले ट्राफिकले नै घटनामस्थलमा तत्काल प्राथमिक उपचार गरेर हस्पिटल सम्म पुर्याए बिरामि घाईतेको जोखिम केहि न्युनिकरण हुने धारणा राख्नुभयो ।

१६ दिनसम्म सन्चालन भएको प्रशिक्षणमा अल्का अस्पताल जाउलाखेलका चिकित्सकद्धय अर्थोपेडिक सर्जन डा. शिवचन्द्र अमात्य तथा बाल तथा किशार रोग विशेषज्ञ डा. धर्मगत भट्टाराईले प्राथमिक उपचारका बारेमा जानकारी दिनु भएको थियो । ललितपुरबाट सुरु भएको प्रशिक्षण अभियान कलंकि ,महाराजगन्ज ,कोटेश्वर र वगिखानामा बिभिन्न चरणमा दिईएको थियो ।

यता सडक दुर्घटनामा परेकालाई ट्राफिक प्रहरीले आजबाटै सडकमै प्राथमिक उपचार गर्ने भएका छन् । काठमाडौं उपत्यकाभरी खटिएका सबै ट्राफिक प्रहरीले सडक दुर्घटनामा परेकालाई प्राथमिक उपचार दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी