काठमाण्डौ,२३ असार ।
नेकपा माओबादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताउन ुभएको छ ।
ज्येष्ठ नागरिक संघ गोरखाले आज सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले संविधानको प्रारम्भिक मस्यौदा आजदेखि जनतामाझ लगिएको भन्दै साउनभित्रै नयाँ संविधान जारी दाबी गर्नुभयो ।
उहाले संविधानको मस्यौदा पढेर आफ्ना हक, अधिकार समेटिएको वा छुटेको भए सुझाव दिन सबैमा आग्रह पनि गर्नुभएको छ । उहाले ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण दिएर व्यवस्थित ढङ्गले पाल्नुपर्ने बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता मासिक रु ५०० ले नपुग्ने भन्दै मासिक रु तीन हजार बनाउन आफू लागिपरेको भटटराइको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline