पाच करोडका लागि किन लोभिए सभासद ?

पाच करोडका लागि किन लोभिए सभासद ?

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असार २२ काठमाण्डौं ।

देश भूकम्पको मारमा छ अझै पनि । भूकम्प प्रभावित जिल्लामा सभासदले अपेक्षाकृत भूमिका खेल्न नसकेको भनेर आलोचना कायमै छ । त्यसमा पनि सविधान सभामा पाल बाडेको दृष्यले सभासदमाथि अझ धेरै आक्रोस पैदा गरेको थियो ।
अहिले फेरी सत्तारुढ दलका सभासदहरु प्रत्यक सभासदलाई विकास खर्च पाच करोड दिनु पर्ने माग गर्दै हस्ताक्षर अभियानमा जुटेका छन् ।
आखिर सभासदहरुलाई पाच करोड किन चाहिएको हो भनेर प्रश्न गर्न थालिएको छ ।
अघिल्लो आर्थिक वर्षमा कुन कुन क्षेत्रमा सभासद्ले कसरी खर्च गरे भन्ने कुरा उदाहरणीय रुपमा कतै पनि आएको छैन ।
बरु पार्टी कार्यलय , आफ्नो पकेट क्षेत्रमा साना तिना विकासका काम बाहेक खर्च नभएको देखिएको बेला सभासदले पाच करोड माग गरे पछि त्यसलाई पाठकहरुले सकारात्मक रुपमा लिन सकेका छैनन् ।

देशको निर्माण कसरी गर्ने , भूकम्प पछि जनतालाई पुनर्वास र पुननिमार्णका लागि कसरी अगाडी लैजाने भनेर योजना पेश गर्नुको साटो पाच करोड देउ भन्दै हस्ताक्षर गर्न थालेको खबरले थप आलोचना नित्याउन सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी