काठमाडै २२ असार । दुई यातायात व्यवसायीहरुको विवादका कारण उदयपुरको पूर्वी क्षेत्रबाट सन्चालन हुने यातायातका साधन दुई दिन देखि ठप्प रहेका छन् ।
सार्वजनिक यातायातका साधन सन्चालनमा नआउदा यात्रुहरु मारमा परेका छन् ।
सगरमाथा यातायात संघ र पूर्वी हिमाली यातायात संघको विवादका कारण उदयपूरको बेल्टार, बसाहा र रामपुरबाट सन्चालन हुने सार्वजनिक यातायातका साधन दुई दिनदेखि ठप्प भएका हुन् ।
सप्तरीको फत्तेपुर र उदयपुरको बेल्टारमा पूर्वी हिमाली यातायातले शाखा कार्यालय खोलेर यातायात सञ्चालन गर्न लागको भन्दै सगरमाथा यातायात संघले विरोध जनाएपछि जिल्लाको दुई यातायात व्यवसायीबीच विवाद बढेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline