काठमाण्डौ,२१ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही ब्यक्तिले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने दाबी गर्नुभएको छ । दमकमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै अर्थ नरहेको बताउनु भयो ।
उहाले संबिधान जारी गर्ने यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने दाबी गर्नुभयो । केही नपुगेका विषय पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा जारी हुने बताउनु भएको छ ।
संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने उहाको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline