काठमाण्डौ र बाकेमा दुर्घटनामा परी २ को मुत्यु

काठमाण्डौ र बाकेमा दुर्घटनामा परी २ को मुत्यु

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं,२१ असार ।

काठमाण्डौ र बाकेमा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ  । काठमाडौं सतुंगलमा भैसीको बथानसँग मोटरसाइकल ठोक्किएर बा.२६ प ४७ ३७ नम्वरको मोटरसाइकल चालकं सानोभ¥याङ बस्ने ३० बर्षीय सुजन धमलाको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको थियो । धमलासँगै घाइते भएका धादिङ कल्याणपुर–९ बस्ने ४० बर्षीय मदन सिंखडाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाँकेमा बिहान भएको सवारी दुर्घटनामा एक जनाको मुत्यु भएको छ । माहदेवपुरी–७ ओमरीमा विग्रेर रोकी राखेको भारतीय ट्रकमा ना.५ ख १८ ०२ नम्वरको बस ठोक्किदा बसमा सवार हेटौडा घर भई लर्डबुद्ध एकेडेमीमा एमविविएसमा  अध्यनरत २४ बर्षीया अनिता गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर उनको मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते अन्य ६ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी