काठमाडौ, २१ असार । अगामी पाँच वर्षभित्र हुम्ला सदरमुकाम सिमकोटमा मोटरबाटो पुग्ने गरी कर्णाली करिडोर सडक निर्माण गर्ने लक्ष्यका साथ नेपाली सेनाले काम अघि बढाएको छ ।
विशेष परिस्थितिको भन्दै सरकारले गत चैत ५ गते सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । करिडोर निर्माणको जिम्मा नेपाली सेनाले पाएपछि काममा तिव्रता आएको हो ।
१ सय ९६ दशमलव ३४ किलोमिटर लामो बाटोमा ६८ दशमलव ५ किलोमिटर ट्रयाक खोलिएको भने कडा चट्टान रहेको ६ दशमलव ५ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ ।
आगामी आर्थिक वर्ष्भित्र ६८ दशमलव ५ किलोमिटर बाटोको ट्रयाक निर्माण कार्य पुरा गरी सडक विभागलाई हस्तान्तरण गर्ने सेनाको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline