सरकारले आजदेखि ६ वटा खाडी मुलुकमा निशुल्क कामदार पठाउदै

सरकारले आजदेखि ६ वटा खाडी मुलुकमा निशुल्क कामदार पठाउदै

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ, २१ असार । सरकारले आजदेखि मलेसिया लगायत ६ वटा खाडी मुलुकमा निशुल्क कामदार पठाउदैछ ।

न्यूनतम खर्च लाग्ने गरि फ्रि भिसा र फ्रि टिकटमा आजबाट कामदार पठाउन थालिने भएको छ ।

फ्रि भिषा र टिकट नदिनेहरुलाई श्रम स्वीकृत नदिने गरि आजैबाट काम सुरु गरिएको श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले बताउनुभयो । उहाका अनुसार यसको सरकारले अनुगमन गरेर कडाईका साथ लागु गर्नेछ ।

यसैगरी इजरायलमा महिला कामदार पठाउनका लागि भइरहेको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ । अबको एक हप्ताभित्रै नेपाली महिला कामदार पठाउने प्रक्रिया सुरु हुने श्रमराज्यमन्त्री गुरुङले बताउनुभयो ।

इजरायलको सर्वोच्च अदालतले नेपाल सरकारसँग सिधै महिला कामदार ल्याउन त्यहाँको सरकारलाई निर्देशन दिएपछि नेपालले सरकारी तहमा समन्वय गरेर महिला कामदार पठाउन लागेको हो ।

इजरायल सरकारसँग नेपालबाट जाने महिलाको मापदण्ड बारेमा पनि सरकारले सहमति जनाएको छ । पहिलो चरणमा ५० जना महिला पठाइने र त्यसपछि तीन सय जना नेपाली महिला कामदार पठाउनेसरकारको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी