बजेटमा एक गाविस बराबर एक कृषि प्राविधिक

बजेटमा एक गाविस बराबर एक कृषि प्राविधिक

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ,२० असार ।

सरकारले अबको बजेट निर्माण गर्दा देशका हरेक एक गाविस बराबर एक-एक जना कृषि र पशु प्राविधिकहरुको व्यवस्था गर्नुपर्नेमा कृषि विज्ञ तथा सरोकार वालाहरुले जोड दिएका छन् ।

नेपालका बहुसंख्यक जनता कृषि पेशामा रहेको हुदा सरकारले बजेटमा यस क्षत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनिहरुको जोड छ । रेडियो मिर्मिरेको दैनिक संवादमुलक कार्यक्रम आजको सन्र्दभमा बोल्दै कृषि विज्ञ तथा नेपाल पारा भेटेरेनरी लाइभष्टक एशोसियनका पूर्व अध्यक्ष लोकराज भुसालले ‘सरकारले  ४ हजार गाविसमा कृषि प्राविधिक लग्ने भनिएको भएपनि अहिले विभिन्न करण देखाउदै ३ हजारमा मात्र व्यवस्था गर्ने तयारी गरेको’ बताउनु भयो ।

“यदि सरकारले देशका हरेक गाविसमा कृषि प्राविधिकहरुको व्यवस्था गरेर सामुदायिक कृषि तथा पशु सेवा सुरुगर्न सक्यो भने कृषको अर्थिकस्तर देखि देशकै समग्र अर्थतन्त्रमै सुधार आउँछ ।” उहाले भन्नु भयो- ‘सरकारले वजेट निर्माण गर्दा र राष्ट्रिय योजना बनाउदा कृषि क्षेत्रलाई कम प्राथमिकता दिने गरिदै आएकोले यस पटक भने बजेटमा कटौती गर्न हुदैन ।’

देशका अधिकांश गाउँ बस्तीहरु दुरदराजमा छन् । देशका ८५ प्रतिसत कृषकहरुले प्राविकि सेवाहरु प्रयोग गर्न पाएका छैनन् । यसले गर्दा  दुरदराजमा रहेका कुषहरुले कृुषि प्राविधिक सेवा प्राप्त गर्नको लागि सरकारले छिटैनै ठाउ अनुसर त्यहाको कृषि र पशुपालनको प्रकृतिलाई हेरेर सम्बन्धीत विशेषज्ञहरुको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

सरकार यसपटको कृषि बजेटमा देशका ३ हजार गाविसमा कृषि र पशु सेवामा गरी १५–१५ सयका दरले प्राविधिकहरुको व्यवस्था गर्ने गयारीमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी